झलनाथ खनाल भन्छन्, ‘सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र नै भइयो’

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीबारे गरेको फैसलालाई सम्मान गर्दै कार्यान्वयन गरेर अघि बढ्ने बताएका छन् ।पेरिसडाँडामा आज (सोमबार) बसेको नेकपाको अन्तिम स्थायी कमिटी वैठकले सर्वोच्चको फैसला अनुसार यस्तो निष्कर्षमा पुगिएको वरिष्ठ नेता खनालले जानकारी दिएका छन् ।

‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भने, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ । अब हामी फेरि एक पटक नेकपा एमाले र माओवादी केन्द्र भइयो ।’

‘सर्वोच्चले गरेको निर्णयलाई हामीले स्वीकार गरेर कार्यान्वयन गरेर जाने निर्णय भयो,’ उनले थपे । उनले आ–आफ्नो पार्टीमा रहेर पनि आफूहरु गलत प्रवृतिका विरुद्ध संघर्ष गरेर अघि बढ्ने समेत बताएका छन् ।

 

 
 
  
 

You may also like