ओलीको कन्तविजोग हुने दिन अब धेरै टाढा छैन : अध्यक्ष नेपाल

by समतल अनलाइन
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कन्तविजोग हुने दिन नजिकिंदै गएको बताएका छन् ।
आज (शनिबार) खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली अब सडकमा पछारिने बताएका छन् ।

अबको केही दिनमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले पाउने दावी गर्दै अध्यक्ष नेपालले त्यसपछि ओलीको कन्तविजोग शुरु हुने बताए । ‘अब केही हप्ताभित्रमैै नेकर्पा र सूर्य चुनाव चिन्ह कस्को हो भन्ने फैसला हुन्छ, ओली सडकमा पछारिने छन्, विचराको कन्तविजोग हुनेछ ।’

उनले यो पहिल्यै हुनुपर्ने भए पनि अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समधान हुन नदिएको आरोप बताए । ‘संवैधानिक निकायहरुले इमान्दारीताका साथ कानुनसम्मत् ढंगले गर्ने कामहरुमा पनि अनेक ढंगबाट प्रभावित पार्ने कोशिस भए, अब ती कोशिसहरु सफल हुने दिशामा छैनन’, उनले थपे, ‘संकेत केपी ओलीको पक्षमा सकारात्मक छैन, यसको शुरुवात सर्वोच्च अदालतबाट भइसकेको छ ।’

 

You may also like

This will close in 0 seconds