२०७७ फागुन १६ गते आइतबारको तपाईको राशिफल

by समतल अनलाइन
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हात पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । भोज भतेरमा सहभागी भईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाईनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । दैनिक कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा पनि सफलता पाईने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
छोटो दूरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
न्यायिक कार्यमा सफलता मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । लाभदायक यात्रा रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शेयर बजारको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

You may also like

This will close in 0 seconds