रुपन्देहीको सैनामैनामा दुई ओटा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको सैनामैनामा भएको दुई ओटा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ। पुर्व पच्चिम राजमार्ग अन्तर्गत पच्चिमबाट बुटवल तर्फ आउदै गरेको दुई ओटा मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरील जनाएको छ।

लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले सैनामैना १ वर्मा चौकमा सडक किनारमा साईकल चलाईरहेका यात्रुलाई ठक्कर दिएर लडाएको र सोहि सडकमा लडेका ब्यक्तिलाई पुनः तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घाईते भएका मोटरसाईकल चालक र त्यसमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

 
 
  
 

You may also like