बामदेवले बढाए सक्रियता : प्रचण्डपछि बालुवाटारमा ओलीसँग भेटवार्ता

by समतल अनलाइन

काठमाडौं। नेकपा एकता अभियानमा रहेका बामदेव गौतमले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै सक्रियता बढाएका छन् ।

नेता गौतमले आज (शुक्रबार) नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका छन् । गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउँदै आएका गौतमले बिहीबार प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटमा नेता गौतमले प्रधानमन्त्री ओलीको सम्मानजनक विदाइ र नेकपाबाटै नयाँ प्रधानमन्त्री चयन गरिनु पर्ने प्रस्ताव राखेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान शुरु गरेकको बताएका छन् । उनले अब नेकपा एकतामा हुने बताएका छन् ।

 

 
 
  
 

You may also like