भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या

by समतल अनलाइन

नयाँदिल्ली । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । एजेन्सी

 
 
  
 

You may also like