थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५४ पुगेको छ । हाल क्वारेन्टिनमा ७९ जना छन् भने आइसोलेसनमा एक हजार ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like