अहिले अलि बढी नभनौं, निर्वाचन आयोगले लक्षण गतिलो देखाएको छैन : अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ?’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने बताएका हुन् ।

‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेग, पीडालाई बुझ्नु भएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउने छ,’ ओलीलाई दाहालले भने, ‘प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ । त्यसकारण जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगको लक्षण गतिलो नदेखिएको बताएका । उनले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले थकाएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका हुन् । उनले ७० प्रतिशत केन्द्रीय सदस्यलाई हिसाब नरेर केपीको धम्क्याउन बित्तैकै त्यसैको हिसाब गरेको बताएका छन् ।

केपी ओलीले गएर धम्क्याउनु भएछ, निर्वाचन आयोग अलिकति, आयोगका कोइकोइ मान्छे खै के हो, अहिले अलि बढी नभनौं, भन्यो भने बिग्रने हो कि ?’, उनले थपे, ‘तर, लक्षण निर्वाचन आयोगले गतिलो देखाएको छैन है ।’ यसैबीच अध्यक्ष प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’ उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिएका छन् ।

 

 
 
  
 

You may also like