करिश्मा मानन्धरलाई ‘महानायिका’ को उपाधि

by समतल अनलाइन

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ को उपाधिले सम्मान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाई दिएको छ । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामालगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो ।

सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

 

 
 
  
 

You may also like