दोस्रो चरणको खोप अभियान आजबाट, १३ हजार पत्रकारलाई कोरोनाको खोप लगाइने

by समतल अनलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ९सोमबार० देखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ ।

कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंत्तिमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो ।

सरकारले आजबाट पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन लागेको हो । मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिएका छन् ।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय ९स्वास्थ्य सेवा विभाग० मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए । स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाई सकिएको छ । पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो ।

 
 
  
 

You may also like