मौसममा आजदेखि सुधार आउने

by समतल अनलाइन

काठमाडौं। पश्चिमी वायुको प्रभावले बदली भएको नेपालको मौसममा आज (आइतबार) देखि सुधार आउने मौसमविदले जानकारी दिएका छन् । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि अबको तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको हो ।

आजदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । ‘आजदेखि देशैभरको मौसम सफा हुँदै जानेछ’, महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘‘कतै–कतै मौसम सफा भइसकेको छ ।’

काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको उनले बताएकी छिन् । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे गरिने मापनलाई आधिकारिक मानेर वेबसाइटमा प्रकाशित गर्ने गर्छ । पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपात समेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।

माघ २६ गते सोमबार
दिउँसो – सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते मंगलबार
दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
राति– सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like