भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौँ।भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख २७ हजार १७० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख २१ हजार ४०९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ७३३ छ ।

 
 
  
 

You may also like