बुटवलमा बिहानैदेखि बन्दको प्रभाव (फोटो फिचर)

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले घोषणा गरेको आमहड्तालको देशभर प्रभाव बिहानैदेखि परेको छ । देशभर बन्दको प्रभाव परिरहदा यता बुटवलमा कम मात्रामा गाडीहरु चलेका छन् । बुटवलको राजमार्ग चौडाहामा ट्रेक्टर बिच सडकमा तेर्साएर बाटो अवरुद्द बनाएका छन् भने मिलनचाेकमा भने २ वटा ट्रक राखेर बाटाे अबरुद्ध गरिएकाे छ ।

प्रहरी प्रशासनले बुटवल सुरक्षा व्यवस्था कडा बनाएको छ प्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर बितर बनाउन हिडीरहेको छ ।

बुधबार अबेर गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । तर सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन् ।

 
 
  
 

You may also like