ओली पार्टीको साधारण सदस्य र पौडेल महासचिवबाट निस्कासित

by समतल अनलाइन

काठमाडौं। नेकपा प्रचण्ड माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको उक्त समूहले केन्द्रीय कमिटीको चौथो बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटि बैठकमा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरिएको थियो । सो प्रस्तावलाई केन्द्रीय कमिटिको बैठकले सर्बसम्मत रुपमा पारित गरेको केन्द्रीय सदस्य हरिबहादुर राईले नयाँ पेजलाई जानकारी दिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको बताए । भने,‘बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’

यसैगरी स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको बताए ।

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

 

 
 
  
 

You may also like