नेपाल आइपुग्यो भारतले दिएको कोरोनाको खोप

by समतल अनलाइन

काठमाडौं। भारतले दिएको अनुदानको कोरोना भाइरसविरुद्धको खोप नेपाल आएको छ । बिहीबार मध्यान्ह १२ बजे खोप एयर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गर्ने कार्यक्रम छ । खोप लिनका लागि विमानस्थलमा स्वास्थ्य सेवा विभागको रेफ्रिजेरेटर ट्रकले पुगेको छ ।

भारतले दिएको खोपलाई हाल स्वास्थ्य सेवा विभागको स्टोरमा राख्ने र त्यहाँबाट विभिन्न प्रदेश हुँदै जिल्लाहरुमा पठाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसरा १० दिनभित्र खोप देशभर पुर्‍याई सकिने छ ।

 

 
 
  
 

You may also like