सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको जवाफ ‘संसद पुनर्स्थापना हुनै सक्दैन’

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संसद पुन स्थापना हुनै नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद पुन स्थापना गर्न नसक्ने बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले शनिबार पनि संसद पुन स्थापना हुदै नहुने ठोकुवा गरेका थिए । तर न्यायालयले ती रिटका सम्बन्धमा सुनुवाई प्रक्रिया पूरा गरी फैसला गर्नु अघि नै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने पटक पटक दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पनि उही कुरा ठोकुवा गरे । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ? संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छ-हुन्छ ।’

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उही दाबी गरेका थिए । भनेका थिए,‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुरा कहाँबाट आयो रु कसले भन्यो पुनस्र्थापना हुन्छ भनेर रु पुनस्र्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला ।’

प्रधानमन्त्री ओलीले चुनाव सूर्य चिन्ह आफ्नै हुने दाबी गरे । भने, ‘केही साथीहरुलाई चिन्ता छ, सूर्य चिन्ह नपाउने हो कि भन्ने ? चिन्ता नलिनुहोस्, सूर्य चिन्ह हामीले नपाए कसले पाउछ त ?

ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टीमा फिर्ता आउन आग्रह समेत गरे। ओलीले भने,‘फिर्ता आउनुस् अपराध माफ गरिदिउँला । पार्टीबाटै कसैलाई हटाएको छैन ।’

 

 
 
  
 

You may also like