नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण, कम्तीमा ७९ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ ।

जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ। घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 
 
  
 

You may also like