कांग्रेसले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन : सभापति देउवा

by समतल अनलाइन

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयलाई लिएर कांग्रेसले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्ने बताएका छन् ।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउँदै सभापति देउवाले अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

कम्युनिष्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले भने, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

 
 
  
 

You may also like