बुटवलमा पुस १० गतेदेखि लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनी ” को अडिसन हुँदै

by समतल अनलाइन

बुटवल ।बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ” द नेक्स फेस लुम्बिनी ” हुने भएको छ ।

एस. के. क्रेशनद्वारा कार्यक्रम हुन लागेको हो। पुसको १० गतेदेखि बुटवलको झिमा होटेलमा अडिसन हुने ” द नेक्स फेस लुम्बिनी ” ग्राण्ड फिनाले माघको पहिलो साता हुने अर्गनाइजर तथा इभेण्ट म्यानेजिङ डाइरेक्टर साहिर केसिले समतल अनलाइनलाई जानकारी दिए। कार्यक्रममा जेन्स लेडिज दुवै उमेर समुहले भाग लिन पाउनेछन ।

युवायुवतीहरुको ब्यक्तित्व विकास ,क्षमता अभिवृद्धि , नेतृत्व गर्न सक्ने आदिको लागि कार्यक्रम गर्न लागिएको म्यानेजर केसिले जानकारी दिए । इभन्टमा १५ बर्ष भन्दा माथिकाले भाग लिन पाउनेछन । परिवारको एक जना सदस्यका साथ अडिसनमा सहभागी हुने बताइएको छ । अडिसन दिनका लागि बुटवलका विभिन्न ठाउँमा फर्म पाइने बताएका छन ।

फर्म पाइने ठाउँहरु तिनाउ संगीत कला केन्द्र , होराइजन फुडल्याण्ड , झिमा होटेल लगायतका ठाउँमा अडिसनको लागि टिकट पाइने छ। अडिसनमा साहिर केसि , कोरियोग्राफर सुजित बस्याल , सहायक अर्गनाइजर लगायत रहने बताइएको छ।

 
 
  
 

You may also like