संसद् विघटन सिफारिसको विरोधमा पोखरामा प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजीे

by समतल अनलाइन

पोखरा । संसद् विघटनको सिफारिसको विरोध गर्दौ पोखरामा सत्तारुढ विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल निकट विद्यार्थीले टायर बालेर विरोध जनाएका हुन्् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताएका छन् । प्रहरीले भने थप सुरक्षा मगाएको छ ।

 
 
  
 

You may also like