राजनीतिक प्रतिवेदन फिर्ता लिने सहमति भएको छैन : प्रचण्ड सचिवालय

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले आफूले स्थायी कमिटिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएको प्रष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डको तर्फबाट स्वकीय सचिव गंगा दाहालले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति बाहेक अरु कुनै सहमति नभएको स्पष्ट पारेकी छिन् ।

दाहालले लेखेकी छिन्, ‘यी दुई बाहेक अरु कुनै सहमति भएको छैन ।’ प्रधानमन्त्री ओली निकट स्रोतले भने दुबै प्रतिवेदन फिर्ता लिने सहमति भएको सञ्चार माध्यमहरुलाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओली निकट स्रोतले भने दुबै प्रतिवेदन फिर्ता लिएर सामूहिक प्रस्ताव लैजानेसमेत सहमति भएको दाबी सहित सूचना प्रवाह गरेको थियो । तर खुमलटार यस्तो कुनै सहमति नभएको खुमलटारस्रोतको भनाई छ ।

 
 
  
 

You may also like