(मलेसिया)Selanger राज्य को केलाङ शहरमा स्थित नेपाली रेष्टुरेन्टमा ( नमस्ते होटल ) कार्यरत नेपाली युवति आरतिमाया मगरको छुरा प्रहार गरि आफ्नै प्रेमिले हत्या गरेका छन् । हत्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । हत्या गर्ने नेपाली युवकको नाम गणेश रहेको प्रहरिले जनाएको छ , हत्या गर्ने युवक बेहोस् अवस्थामा घटना स्थलमा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृतक महिला दार्जिलिङ” भारतको भएपनि “उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।
घटना मलेशिया को केलाङ स्थित एक रेस्टुरेन्टमा भएको हो । ती युवती सोही रेष्टुरेन्टमा काम गर्दै आएको खुलेको छ । ती युवक र युवती बीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । हत्याको करण भने अझैसम्म खुल्न सकेको छैन ।