जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, सहयोग गर्न आग्रह

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएपछि स्वास्थ्यवस्था गम्भीर बनेको हो ।

मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति मार्फत जनाएका छन् ।

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ ।

सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।

पार्टी अध्यक्ष केसीको आर्थिक अवस्था खासै मजवुत छैन । सरकारले अहिलेसम्म केसीको उपचारमा ध्यान पुर्याएको पनि देखिँदैन ।

 
 
  
 

You may also like