प्रधानमन्त्री बुधबार नेपाल–चीन सीमाक्षेत्र किमाथाङ्का जाँदै

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (बुधबार) संखुवासाभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथाङ्क भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओलीले सो क्रममा किमाथाङ्गामा स्थापित बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्ने भएका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

सत्तारुढ दल नेकपाभित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सचिवालयका बैठक बोलाउने तयारी गरिरहेका बेला अध्यक्ष समेत रहेका ओली किमाथाङ्का भ्रमण जान लागेका हुन् ।

 
 
  
 

You may also like