चितवनमा थप १०४ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

चितवन। चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको परीक्षणमा चितवनका ४६ जनासहित ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा जिल्लाका ५८ सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना छन् ।

जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् ।

 
 
  
 

You may also like