नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १७ जना पुरुष रहेका छन् ।त्यस्तै मृत्यु हुने महिलामा काठमाडौँकी ६६ बर्षिय, सुनसरीकी ६२ बर्षिय, धनकुटाकी ६१ बर्षिय, चितवनकी ७५ बर्षिय र मकवानपुरकी ८५ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ४ जना ६०, ७९, ७५ र ८३ बर्षका पुरुष, चितवनका ३ जना ४७, ९८ र एक जना उमेर नखुलेका पुरुष, रुपन्देहीका ३ जना ६०, ६१ र ८४ बर्षिय पुरुष, भक्तपुरका २ जना ४४ र ५७ बर्षिय पुरुष रहेका छन् ।

त्यस्तै सुनसरीका ६५ बर्षका, सर्लाहीका ३८ बर्षका, ललितपुरका ४९ बर्षका, नुवाकोटका ७७ बर्षका र सिन्धुपाल्चोकका ६३ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like