भारतमा थप ७३ हजारमा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं।भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like