कोरोनाको रुसी खोप परीक्षणमा भारतको अस्वीकार

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरसविरुद्ध परीक्षण भइरहेको रुसी खोप ‘स्पुतनिक भी’ लाई भारतले परीक्षण अनुमति दिन अस्वीकार गरेको छ ।भारतको औषधि व्यवस्था विभागले रुसी खोपको भारतीय पार्टनर कम्पनी डा. रेडिज लेबोरेटिजलाई सो आदेश दिएको सिएनएनले शुक्रबार जनाएको छ ।

‘यो खोपको पहिलो र दोस्रो चरणको अध्ययन अत्यन्त थोरै स्तरमा भएको छ र सुरक्षा एवं रोग प्रतिरक्षाको प्रभावकारिताका हिसाबले भारतीयमा यसको प्रभाव कस्तो हुनेछ भन्ने तथ्यांक पनि छैन,’ विभागको विषयगत समितिले गत सोमबार भनेको थियो ।

रुसी सरकारको स्वामित्वमा रहेको ‘दि रस्सियन डाइरेक्ट इनभेस्टमेन्ट फन्ड’ले गत महिना भारतलाई १० करोड डोज खोप उपलब्ध गराउने बताएको थियो । खोप परीक्षणसम्बन्धी प्रस्तावको अध्ययनपछि विभागको विषयगत समितिले तेस्रो चरणको परीक्षणका लागि थप प्रस्टतासहित अर्काे विस्तृत प्रस्ताव पेस गर्न भनेको छ । भारतमा हालसम्म ६९ लाख कोरोना संक्रमित छन्

 
 
  
 

You may also like