बुटवलको मालपोत कार्यलयमा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द

by समतल अनलाइन

बुटवल । मालपोत कार्यलय बुटवललाई बन्द गरिएको छ ।बुटवल उपमहानगरपालिका – ८ सुख्खानगरमा रहेको मालपोत कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी सेवा बन्द गरिएको हो ।
कार्यलयका प्रमुख अधिकृत वेद प्रसाद आचार्यले शुक्रबार सुचना जारी गर्दै मालपोतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण र अन्य कर्मचारीमा मिल्दोजुल्दो लक्षण देखिएकोले अशोज २३ गते देखी अर्को सुचना नआएसम्म सबै सेवा बन्द हुने सुचनामा उल्लेख छ ।

 
 
  
 

You may also like