२०७७ असोज २३ गते शुक्रबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुख पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । रोकिएको काम पुनः गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ काम सुरु गर्ने समय छ । जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरूले सापटी लगेको रकम फिर्ता पाइन सक्छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर आफन्तले साथ दिनेछन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक-अर्काको भावना बुझ्न सके दाम्पत्य जीवन सुमधुर रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । छोटो र लाभदायक यात्रा रहला । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like