आइपिएल : बैंगलोर ५९ रनले पराजित

by समतल अनलाइन

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ ।दिल्लीले दिएको १९७ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्बाधिक ४३ रन बनाएका थिए भने वाशिंगटन सुन्दरले १७, एरोन फिन्चले १३, मोइन अली र शिभम दुबेले ११-११ रन बनएका थिए ।

त्यस्तै देवदत्त पाडीक्कलले ४, एबी डिभिलीयर्सले ९ रनर नवदीप सैनीले १० रन बनाएका थिए ।दिल्लीका बलर कागीसो रबाडाले सर्बाधिक ४ विकेट लिएका थिए भने एनरीच नोर्त्जे र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै आर आश्विनले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।दिल्लीका लागि मार्कोस स्टोइनिसले सर्बाधिक ५३ रन बनाएका थिए भने पृथ्वी शाले ४२, रिषव पन्तले ३७, श्रेयस अय्यर र शिमरन हेटमेयरले ११-११ रन बनाए ।

बैंगलोरका बलर मोहमद सिराजले २ विकेट लिए भने इसुरु उदाना र मोइन अलीले एक एक विकेट लिए ।यो जितसँगै दिल्लीले ५ खेलमा चौथो जित हासिल गरेको छ भने एक जित हासिल गरेको छ । त्यस्तै बैंगलोरले भने ५ खेलमा दोस्रो हार बेहोरेको छ ।अब आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच हुदै छ ।

 
 
  
 

You may also like