अमेरिकामा थप ५१ हजारमा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा थप ५१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार ५१ हजार ४०३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७५ लाख ४९ हजार ३२३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ७६ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ५८ हजार ९७५ जनामध्ये १४ हजार १६६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ८६४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १३ हजार ५२४ पुगेको हो ।

 
 
  
 

You may also like