बुटवलमा कोरोनाबाट थप एकको मृत्यु

by समतल अनलाइन

बुटवल। रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना-७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

 
 
  
 

You may also like