कोरोनाबाट बुटवलमा थप एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप एक जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका-८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए ।

उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गए राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

 

 
 
  
 

You may also like