व्यापार संघले आफ्ना सदस्य व्यवसायीहरुको कोरोना विमा गरिदिने

by समतल अनलाइन

बुटवल। रुपन्देही व्यापार संघले आफ्ना सबै साधारण सदस्य र उनका परिवारहरुको कोरोना विमा गरिदिने घोषणा गरेको छ ।कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा व्यापार व्यवसाय पनि सञ्चालन गर्नु पर्ने बाध्यता रहेको हुदा व्यवसाय सञ्चालन गर्ने क्रममा असावधानीवस कोरोना संक्रमित हुने सक्ने जोखिम रहेको हुदा त्यसमा थोरै राहात पु¥याउन सकियोस भन्दै यो कार्यक्रम अगाडी सारेको संघका अध्यक्ष यमलाल लोहनीले बताउनु भयो ।

संघले आफ्ना सबै सदस्यहरुलाई सरकारले तय गरेको कोरोना विमा शुल्कमा आधा व्यहोर्ने गरि सबैको एक लाखको विमा गरिदिने जनाएको छ । संघको हालै बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको महासचिव दयानिधि भण्डारीले जानकारी दिनु भयो ।

संघले अन्य कुनै पनि ठाउमा सो विमा कार्यक्रममा सहभागी नभएका आफ्ना सबै आवद्ध व्यवसायी सदस्यहरुलाई संघमा नागरिकताको प्रतिलिपीसहित सम्पर्क गर्न आग्रह गरेको छ । संघमा हाल २५ सय भन्दा वढी व्यवसायीहरु सदस्य रहेका छन् ।

यसैवीच रुपन्देही व्यापार संघको एक टोलीले रुपन्देही जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारीलाई भेट गरि छलफल गरेको छ । जिल्लामा आउनु भएका प्रजिअ पिताम्वर घिमिरेलाई स्वागत गर्न जिल्ला प्रसासन कार्यालय पुगेको अध्यक्षसहितको टोलीले यस क्षेत्रको समस्या तथा शान्तिसुरक्षाका विषयमा जानकारी गराउदै नीजि क्षेत्रसंग प्रसासनले सहकार्य गरि अगाडी बढ्न आग्रह गरेका थिए ।

 
 
  
 

You may also like