आजकल अधिकाशं बालबालिकाको मोवाइलको लत आम बनेको छ । मोबाइल, टेलिभिजन, ल्यापटप, ट्याब घण्टौ हेर्दा यसबाट उनीहरुको आखाँमा समस्या देखा पर्दछ । बालबालिकाको आँखामा हुने समस्या मध्ये एक हो, दृष्टि दोष ।
आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्नुलाई दृष्टिदोष भनिन्छ । आँखाको बाहिरी भागले देखेको वस्तुको आकृती आँखाको भित्र रेटिनामा बन्ने गर्दछ ।यसमा नै समस्या हुदाँ बालबालिकामा दृष्टि दोष हुने गर्दछ । यो समस्या भएमा बालबालिकाहरुले टाढा वा नजिक वा दुबै प्रष्ट देख्न सक्दैनन् ।
दृष्टि दोषका लक्षणहरु :
– कुनै पनि वस्तु धमिलो देख्नु
– टाढा वा नजिक वा दुबै प्रष्ट नदेख्नु
– टाउको दुखि रहनु
– बिस्तारै आँखा डेढो हुँदै जानु
– पढ्न ग्राहो हुनु ।
– आखाँ दुख्नु
दृष्टि दोषबाट बच्नु भन्दा यो समस्या देखिनु अगावै सर्तक हुनु राम्रो हो । अझ कोरोना संक्रमणकालमा बालबालिका पढाई वा बाहिरी कुरामा भन्दा मोवाइलमा बढि ध्यान दिने भएकाले यसबाट बचाउनु नै उत्तम हुन्छ । यस अलावा बालबालिकको हरेक ६/६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्दछ । साथै दृष्टि दोष नहुदै यसको उपचार गर्नु पर्दछ ।