भारतमा एकै दिन ९४४ जनाको मृत्यु, ६३ हजार संक्रमित

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ४९८ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५ लाख नाघेको छ । भारतमा कुल संक्रमित २५ लाख ८९ हजार ६८२ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १८ लाख ६२ हजार २५८ जना ठिक भएका छन् भने ६ लाख ७७ हजार ४४४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ९३ लाख ९ हजार ७०३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ४६ हजार ६०८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like