आजबाट बुटवलका एसिबस सन्चालनमा

बुटवल । लामो समयसम्म लकडाउनले थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका बसहरु आजदेखि सञ्चालनमा आएका छन् । प्रालिको शुक्रबार बसेको बैठकले २८ गते आईतबारबाट आफ्नो यातायात सञ्चालन गर्ने निर्णय गरेपछि सुरक्षा प्रबन्धसहित आजबाट बसहरु सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष धन बहादुर अधिकारी शंकरले बताए ।

गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरि सञ्चालनमा ल्याएको उनले बताए । राज्यले निर्णयका गरेका मापडण्डहरु अनुरुप यात्रुलाई बसमा चढाउनु अघि सेनीटाइजर र थर्मल गर्नले ज्वारो जाँच गर्ने, बसभित्र भौतिक दुरी कायम गरिने, सहचालकले पीपीई लगाएर मात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको व्यवस्था लगाएतका सुरक्षा प्रबन्ध मिलाएर बस सञ्चालनका ल्याएको गाडिधनि प्रकाश पुनले बताए ।

कोरोनाका त्रासकाबीच गाडी सञ्चालनमा ल्याएको हुन सक्ने भएकोले र त्यसबाट जोखिम हुने डरले यात्रुहरुको संख्या न्यून रहेको पुनले बताए । प्रालिका बस बेलहिया सुनौली नाका देखि बुटवल गोलपार्क र बर्दघाट सम्म आधाआधा घन्टामा सञ्चालन हुनेछन् । ग्लोबल आवाजबाट

 
 
  
 

You may also like