लोक गायक श्रीपालीको पहिलो गीत ‘यादले पनि मुटु घोच्छर’दर्शकस्रोताको मनमा बस्दै (भिडियो)

हरि पाठक
गुल्मी।बागलुङको पातलेमा जन्मेका नवोदित लोक गायक मिलन श्रीपालीको माया प्रेममा आधारित पहिलो लोक दोहोरी गीत ‘यादले पनि काडाले झै मुटु घोच्छर’ सार्वजनिक भएको छ । जिल्लाको बडिगाढ गाउँपालिका–१० पातलेमा जन्मिएर संघर्ष गर्दै आउनुभएका नव लोक गायक श्रीपालीको सो गित म्युजिक भिडियो heartbeat nepal नामक युट्युव च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको हो । गायक सञ्जय बिसी र चर्चित गायिका जुना श्रीष मगरको स्वरमा रहेको उक्त गीतमा चर्चित मोडल आशिर प्रताप जंग, शान्ती परियार र प्रतिक्षा कट्टेलको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियोमा काठमाडौंका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । सो लोकदोहोरी गित माया धेरै भएको तर यादले मात्र बिजाईरहेको जहाँ माया पाउँदा होस वा गुमाउँदाको क्षणमा होस बास्तबिक्ता यादै यादको भारी संगालेको मुटु लिएर जीवनमा यात्रा गर्नुपर्ने आबास झल्काइएको माया प्रितीमा आधारित यो लोकदोहोरी गितले ती हरेक मायालु जोडिलाई बिछोडिएर पनि प्रेममा बाध्ने बिषयबस्तुमा समेटेको नवगायक मिलन श्रीपालीले बताउनुभयो । ‘यादले पनि मुटु घोच्छर’ गित मार्फत औपचारिक रुपमा सांगितीक यात्रा थाल्नुभएका लोक गायक श्रीपालीले सामान्य परिवारमा हुर्केर दुःख,सुख गर्दै गित सँगित बजारमा ल्याउन धेरै संघर्ष गर्दै आईरहेको बताउदै उहाले गायक सञ्जय बिसीले विशेष भूमिका खेलेर आफ्नो चाहना पूरा गर्ने बाताबरण बनाईदिएर अहिले नयाँ गीत बजारमा ल्याउन सफल भएको र समस्त लोक पारखी दर्शकश्रोताले रूचाईदिनुभएको र गितले अझ थप सफलता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । यस गितको सफलतासंगै छिट्टै अर्को गित प्रस्तुतीको तयारीमा जुट्ने उहाँले बताउनुभयो ।

गितमा म्युजिक भिडियोको निर्देशन एल.बि.जी र सम्पादन शिव पोडेलले गर्नु भएको छ भने छायाँकन दिपक गिरीको रहेको छ । नव लोक गायक मिलन श्रीपालीको शब्द र चर्चित लोक तथा दोहोरी गायक एवम् सर्जक गणेश अधिकारीको लय सृजना रहेको उक्त गीतमा लोक गायक सञ्जय बिसी र चर्चित लोक तथा दोहोरी गायीका जुना श्रीष मगरको सुमधुर स्वर रहेको छ ।उक्त लोक तथा दोहोरी गित Heartbeat Nepal मार्फत बजारमा उपलब्ध छ।गीतको संगीत संयोजन चर्चित एरेन्जर बिनोद बाजुरालीले गर्नुभएको हो ।

गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङ, दुनाममा जन्मनुभएका लोक दोहोरी गायक सञ्जय बिसीले थुप्रै गित बजारमा ल्याउनुका साथै केही गितहरूमा आबाज पनि दिदै आउनुभएको छ। गायक बि.सी. अहिले बैदेशिक रोजगारको सिलसिलामा दुबैमा रहेर पनि नेपाली साँगितिक क्षेत्रलाई मनमुटुमा सजाउदै जगेर्ना गर्दै आइरहनुभएको छ।
भिडियो :

 

 
 
  
 

You may also like