पहिलो पटक ” तिज प्रवचन ” सार्वजनिक ( भिडियो )

by समतल अनलाइन
Shares

बुटवल। प्राध्यापक तथा गायक योगराज पोखरेल ले हिन्दू नारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर “तीज प्रवचन” सार्वजनिक गरेका हुन्।बिशेष गरेर तीज पर्व को बारेमा र महत्व अनी अतित र बर्तमान लाई यस प्रस्तुतिमा स्पष्ट संग बुझ्न सकिन्छ। स्वर्गीय बाचन शिरोमणि नारायण पोखरेल बाट प्रभावित योगराज, बाचन शैली नारायण पोखरेल कै अनुसरण गरेका छन्।

अघिल्ला वर्षहरुमा चर्चित तीज गीतहरु टेन्सन हटाईदेउ,पिर पर्याछ मलाई लगायत दुई दर्जन भन्दा बढी गीत मा स्वर दिएका पोखरेलले अहिले भने इतिहास मै पहिलो पटक तीज प्रवचन सार्वजनिक गरेका हुन्।युनिक मुभिजले बजारमा ल्याएको यस प्रस्तुति मा प्रवचन संगै पुराना पालामा गाएका पुराना सांस्कृतिक शब्द अनि लयमा बिच बिचमा सुन्न अनि हेर्न सकिन्छ। चर्चित गायिका प्रिया भण्डारी ले गायक पोखरेल लाई स्बर मा साथ दिएकी छिन।

उनकै निर्देशनमा छायांकन गरिएको यस प्रस्तुतिमा बिजय पोख्रेलको संपादन र माधब पौडेलको छायांकन रहेको छ।

भिडियो :

You may also like

This will close in 0 seconds