बुटवलबाट हास्य टेलिचलचित्र “हैरान छ” निर्माण हुने

by समतल अनलाइन
Shares

सुदिप गौतम
बुटवल।मोफसलको राजधानी बुटवल बाट हास्य टेलिचलचित्र “हैरान छ ” निर्माण हुने भएको छ ।हास्य टेलिचलचित्र मार्फत समाजमा रहेका बिकृतिहरुलाई कथाको माध्यमबाट दर्शकहरुलाई संदेश संगै मनोरन्जन दिने निर्देशक मोहन पाण्डेले बताए ।

स्टार प्लस नेपालको आधिकारिक युट्युब च्यानल मार्फत रिलिज गरिने उक्त टेलीचलचित्र स्थानीय टेलिभिजन बाट पनि प्रशारण हुने निर्देशक पाण्डेले बताए ।उक्त हास्य सिरियलमा सुदिप गौतमको कथा रहनेछ भने छायांकन तथा सम्पादन दिपेन्द्र न्यौपानेको रहेको छ ।

उक्त टेलिचाचित्रमा रिया पाण्डेय ,सबिना पौडेल सम्झना गौतम ,मोहन पाण्डे,लगायतका कलाकारहरुको अभिनय रहने छ ।उक्त टेलिचलचित्रको लागि कलाकारहरु आवश्यक रहेकोले ९८१७४६५७७२ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन

You may also like

This will close in 0 seconds