निजी ल्याबमा पनि कोरोना परीक्षण हुने , खर्च सरकारले बेहोर्ने

by समतल अनलाइन
139Shares

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।

पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको उनको भनाइ छ । त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।

यसैबीच भाडामा बस्नेहरुलाई बाहिरबाट आउँदा कोरोना परीक्षणको प्रमाणपत्र माग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। अनावश्यक कोरोना परीक्षण गर्ने व्यवस्था नभएको भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई त्यसो नगर्न सचेत गराएको छ ।

Comments

You may also like