पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए

by समतल अनलाइन
Shares

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९ सय ७४ पुगेको छ ।पछिल्लो पटक डिस्चार्ज हुनेमध्य ६ महिला र ५५ जना पुरुष रहेका छन् ।

नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् ।

You may also like

This will close in 0 seconds