संविधान संशोधनमा आपति जनाउँदै भारतले भन्यो, ‘नेपालले भारतको भूमि नक्सामा राख्यो’

काठमाडौं। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर तयार पारिएको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न नेपालले गरेको संविधान संशोधनमा भारतले कडा आपत्ति जनाएको छ ।

संविधान संशोधनपछि अब भारतसँग वार्ताको प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका बेला भारतको यस्तो प्रतिक्रिया आएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमार्फत नेपालले भारतको भूमि आफ्नो नक्सामा राखेको उल्टै आरोप छन् । विज्ञप्तिमा नेपालले भूमि दाबी गर्न कुनै ऐतिहासिक प्रमाण नभएको पनि जनाइएको छ ।

‘नेपालको बनावटी दाबी हो, जुन ऐतिहासिक तथ्यमा आधारित छैन, नेपालको यो कदमले वार्तामार्फत सीमा विवाद समाधान गर्ने समझदारी उल्लङ्घन गरेको छ’, विज्ञप्तिमा भनिएको छ । यस्तै लिम्पियाधुरा र लिपुलेक भारतको भएको यसअघिको अडान यथावत् रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 
 
  
 

You may also like