रोट्रयाक्ट क्लब अफ बुटबल सिनर्जीद्धारा विपन्न वर्गका २७ घर परिवारलाई राहत बितरण

विष्णु घिमिरे
बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जीले बुटवल ११ मजुवाका विपन्न वर्गका २७ घर धुरीलाई खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
महामरिको समयमा बिहान साझँ मजदुरी गरेर खान नपुगेका बर्गहरुलाइ केहि मात्रमा सहयोग हो भन्ने उद्देश्यले राहत वितरण गरियको क्लबका अध्यक्ष खेम थापाले बताए । क्लबले एक घरपरिवारलाई १० के, जि चामल १ के, जि दाल , २ पोका तेल , १ पोका सोयविन, १ पोका नुन गरि एक घर परिवारलाइ करिव ३५०० बराबरको राहत बितरण गरेको वताए ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रका ए जी राजेन्द्र ढकालले यस क्लबले समाजिक कार्यमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । कोरोनाको महामारिको कारण विहान साझँ खान नपुग्ने गरिव जनतालाइ केहि मात्रमा भएपनि खाद्यन्न वितरण गरि सहयोग गरेकोमा धन्यावाद व्यतm अगामी दिनमा यस्ता सामाजिक कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अर्जुन गिरी वडा नम्वर ११ का वडा सदस्य रण बहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्लबका सचिव भानु भट्टराईको सच्चालन क्लवका अध्यक्ष खेम थापाको अध्यक्ष तथा कार्यक्रम संयोजक संजय घिमिरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like