बाबुराम भट्टराई भन्छन् – मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे !

काठमाडौं। जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले रेडियो नेपालमा आफूले दिएको अन्तर्वार्ता हटाईएकोबारे बोलेका छन् ।

उनले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले निकालेको विज्ञप्तीसहित ट्वीट गर्दै भनेका छन् – ‘पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हो त ?’

उनले अन्तर्वाता लिएकोमा क्षमा याचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भनेका छन् – ‘मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे ! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ१ पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हाे त ?’

 

 

 
 
  
 

You may also like