४० पुगे नेपालमा कोरोना संक्रमित बिरामी

काठमाडौं । उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि आजै उदयपुरका ३३ बर्षीय एक जना युवामा कोरोना संक्रमण देखिएको थियो । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

 
 
  
 

You may also like