नेपाल एयरलायन्सको जहाज दुर्घटना ( फोटो फिचर )

बाँके।। नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ । शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो। तीन जना चिकित्सकको टोली बोकेर गएको जनाइएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अधिकारीले बताएका छन् ।

घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ ।

उक्त विमान प्राविधिक टोलीले मर्मत गरेपछि मात्र उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

 
 
  
 

You may also like