ओमानलाई हराउदै नेपालले जोगायो एकदिवसीय मान्यता

by समतल अनलाइन
26Shares

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो ।

ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले २-२ विकेट लिएका थिए । त्यस्तै नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्बाधिक ८० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६९, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएका थिए ।

यो जितपछि नेपालको ३६ खेलमा ३० अंक हासिल गर्दै छैठौं स्थान सुरक्षित गरेको छ । त्यसैगरी ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ ।

You may also like

This will close in 0 seconds