बुटवल।
उच्च अदालत तुलसिपुर बुटवल इजलासले गत आर्थिक वर्षमा दुई हजार मुद्धा फछ्र्यौट गरेको छ ।
अदालतले आज बुटवलमा पत्रकारसंगको अन्तरक्रियामा गतआर्थिक वर्ष २०७५÷०७६ मा २ हजार ४सय ४९ मुद्धा फछ्र्यौट गर्ने पुर्वलक्ष्य रहेपनि जम्मा १हजार ९सय ९६ वटा मुद्धा फछ्र्यौट भएको जानकारी गराइएको हो ।
अदालतले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्ययोजनामा सबै थुनुवा, साना प्रकृतिका र प्राथमिकता प्राप्त मुद्धा एक वर्ष भित्र,सबै रिट निवेदनहरु ९ महिना भित्र र अन्य मुद्धाहरु १८ महिना भित्र फछ्र्यौट गर्नुपर्ने,वार्षिक लगतको ७० प्रतिसत मुद्धा फछ्र्यौट गर्नु पर्ने तथा सबै प्रतिवेदनहरु दर्ता भएको मितिले एक महिना भित्र फछ्र्यौट गर्नुपर्ने गरी अवधिगत सीमा निर्दिष्ट गरेको थियो ।
तर अदालतको कूल लगत लक्ष्य २४४९ अनुमान गरिएकोमा अनुमान गरिए भन्दा ४८९ थान मुद्धा बढी दर्ता भएकोले लक्ष्य अनुरुप मुद्धा फछ्र्यौट हुन नसकेको बुटवल इजलासमा मुख्य न्यायाधिश भई कार्यरत न्यायाधिश शेषराज शिवाकोटीले जानकारी दिनु भयो ।
अन्तरक्रियामा उपलब्ध गराइएको तथ्याकं अनुसार बुटवल इजलासमा आर्थिक वर्ष २०७५÷०७६ मा २९६८ थान लगत कायम भएकोमा १९९६ मुद्धा फछ्र्यौट भएको र ९७२ थान मुद्धा फछ्र्यौट हुन बाँकी रहेका छन।
बुटवल इजलास तथा इजलास अन्तर्गतका जिल्ला अदालतमा पछिल्लो पटक सम्वन्ध बिच्छेदमा मुद्धा अत्यधिक दर्ता हुने गरेको रजिष्टार गेहेन्द्रराज पन्तले जानकारी दिनु भयो ।

ज्ञज्ञ
क्ज्ब्च्भ्क्

 
 
  
 

You may also like